काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साउदी युवराजको स्वीकृतिमा पत्रकार खसोग्जीको हत्या : अमेरिकी प्रतिवेदन

20.18K
shares

पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्वीकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याका लागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् ।

सन् २०१८ मा हत्या गरिएका ५९ वर्षीय पत्रकार खसोग्जी कुनै बेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आएका थिए । स्व-निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उनको हत्या भएको थियो भने शरीर टुक्रा-टुक्रा पारिएको थियो । 

अमेरिकामा रहेका बेला उनले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेखहरु लेख्दै आएका थिए । मासिक स्तम्भमा उनले युवराज मोहम्मदको नीतिहरूको पनि आलोचना गर्ने गरेका थिए । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्या गर्ने योजनालाई स्विकृति दिएको दाबी गरिएको छ ।

खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकी अधिकारीहरुले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनि ती आरोपहरुको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आएका थिए । विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भए पनि यो घटनाले सम्बन्धमा असर पर्ने देखिएको छ ।

अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडेनको आगमनसँगै अमेरिका र अन्य देशहरुको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।