global ime bank Long Banner Ad

गृहपृष्ठ सरकार मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काममा छ, विचलित छैन : मन्त्री गुरुङ

सरकार मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काममा छ, विचलित छैन : मन्त्री गुरुङ

सरकार मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काममा छ, विचलित छैन  : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् । साधना कला केन्द्र र नेपाल सांगीतिक संघले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।

'प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन,' सरकारका प्रवक्ता गुरुङले भने, 'राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काम गर्नेछ ।' उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, 'फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।' 

छिमेकी राष्ट्रहरु विकासको तीव्र गतिमा अघि बढेको स्मरण गराउँदै उनले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीत गाएर 'गिनिज बुक अफ वर्ल्ड' रेकर्डमा नाम राख्न सफल भएकामा सम्मान गरिएको थियो । सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरे । (रासस)

प्रकाशित समय : ००:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु