global ime bank Long Banner Ad

गृहपृष्ठ १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्षमुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आबद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल संघअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो ।

जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् । कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए ।

उनका अनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो ।

सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आफू २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्मदर्ताको प्रमाण पेस गर्नुपर्नेछ ।

जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ ।

बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रमअनुसार सुर्खेतमा पनि तीन वर्षदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रासरुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ । (रासस)

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु