गृहपृष्ठ देउवालाई प्रधानमन्त्री बन्न नेकपाको दुवै समूहबाट प्रस्ताव
देउवालाई प्रधानमन्त्री बन्न नेकपाको दुवै समूहबाट प्रस्ताव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहबाट प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव आएको बताएका छन् । देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई नेकपाका दुवै पक्षबाट आएको प्रस्तावबारे जानकारी गराएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे देउवाले आफू निकटका नेताहरुसँग बिहीबार बुढानिलकण्ठस्थित निजी निवासमा छलफल गरेका थिए । सो क्रममा उनले कानुनी रूपमा अहिले पनि नेकपा फुटिनसकेको र दुवै पक्षको प्रस्तावलाई आफूले सामान्य रूपमा लिएको बताएका छन् । सहकार्य गर्नेबारे नेकपाको प्रस्तावलाई सुक्ष्म रूपमा नियालेर निर्णय लिनुपर्नेमा उपस्थित सबैले राय दिएको भेलामा सहभागी एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार अब बस्ने पार्टीको पदाधिकारी बैठकले ठोस निर्णय गर्नेछ ।
बुधबार देउवालाई भेटेर पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । भेटका क्रममा देउवाले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएका थिए ।
प्रकाशित समय : २०:०६ बजे



















