काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्ड-नेपाल र देउवाबीच भेटवार्ता हुँदै

12.41K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । प्रतिनिधिसभा पुन:स्थापनापछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुन लागेको हो ।

देशको पछिल्लो राजनीतिक परिस्थितिबारे प्रचण्ड-नेपाल र देउवाबीच फोनवार्ता भइसकेका छन् । शीर्ष नेताहरुबीच भेटेर कुराकानी गर्नेबारेमा छलफल भएको नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जानकारी दिए । प्रतिगमनका पक्षधरसित नभई परिवर्तन र लोतकन्त्रवादी पक्षहरुबीच एक भएर अघि बढ्नका लागि नेताहरुबीच भेटवार्ता हुन लागेको नेता खतिवडाको भनाइ छ ।काठमाडौंमा आयोजित विजय जुलुसपछि नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमै भेटवार्ता हुने सम्भावना रहेको छ ।