nmb bank

गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या ११ कराेड २६ लाख पुग्यो, ८ करोड ८२ लाख डिस्चार्ज

विश्वभर कोरोना संक्रमितको संख्या ११ कराेड २६ लाख पुग्यो, ८ करोड ८२ लाख डिस्चार्ज

विश्वभर कोरोना संक्रमितको संख्या ११ कराेड २६ लाख पुग्यो, ८ करोड ८२ लाख  डिस्चार्ज

विश्वभर कोरोना भाइरसबाट ८ करोड ८२ लाख ३५ हजार जना निको भई घर फर्किएका छन् भने ११ करोड २६ लाख ४९ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । वितेका २४ घण्टामा मात्रै ३ लाख ७१ हजारमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

वितेका २४ घण्टामा विश्वभर २ हजार भन्दा बढीले कोरोनाको कारण ज्यान गुमाएका छन् । योसँगै विश्वमा हालसम्म कोरोना भाइरसबाट २४ लाख ९६ हजारले ज्यान गुमाएका छन् । विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १९ लाख १८ हजार छन् । जसमध्ये ९२ हजारको अवस्था गम्भिर रहेको वल्र्डोमिटरले जनाएको छ । 
सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा हालसम्म ५ लाख १४ हजारले ज्यान गुमाएका छन् भने २ करोड ८८ लाख ९७ हजार संक्रमित थपिएका छन् । त्यस्तै अमेरिकामा हालसम्म १ करोड ९२ लाख १२ हजार निको भई घर फर्किसकेका छन् । अमेरिकामा बितेका २४ घण्टामा मात्रै २ हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने ७१ हजार नयाँ संक्रमितको संख्या थपिएको छ ।

कोरोना भाइरस बढी प्रभावित दोस्रो राष्ट्र भारतमा हालसम्म १ करोड १० लाख २९ हजार जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ५६ हजारको ज्यान गएको छ । त्यस्तै भारतमा १ करोड ७ लाख २४ हजार डिस्चार्ज भएका छन् । तेस्रो राष्ट्र ब्राजिलमा कोरोनाबाट २ लाख ४८ हजारले ज्यान गुमाईसकेका छन् । त्यसैगरी ब्राजिलमा १ करोड २ लाख ६० हजार संक्रमित छन् । ब्राजिलमा कोरोना जितेर घर फर्किनेको संख्या ९२ लाख १५ हजार  रहेको छ । 

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ओरालो लाग्ने क्रममा छ । वितेका २४ घण्टामा मात्रै थप ११० जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ रहेको छ । कोरोनाबाट नेपालमा हालसम्म २ हजार ६५ जनाको ज्यान गएको छ भने २ लाख ७० हजार ७८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु