न्युज कारोबार
काठमाडौं
फागुन १०, २०७७
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आधिकारिक सर्भिस सेन्टर बानेश्वरस्थित आइपेक्स मलमा स्थापना गरेको छ । पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा शाओमीको सर्भिस सेन्टर सञ्चालन भइसकेको छ ।
यो सर्भिस सेन्टर सञ्चालनमा आएको एक हप्तासम्म शाओमीका सबै उत्पादनहरुमा फ्रि-सर्भिस क्याम्प, वारेन्टी कार्ड भए-नभएको सम्पूर्णका लागि एक हप्तासम्म सेवा उपलब्ध हुने जनाइएको छ । शाओमीका नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओमी सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित रहेको बताए । उनले भने, ‘शाओमीमा सेवाको गुणस्तर प्रमुख स्तम्भ हो । र, हामी बिक्रीपछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन जारी राख्छौँ ।’
शाओमीका नवीनतम प्रयासहरुले देशभर अघि बढ्न महत्वपूर्ण भूमिका खेल्न सक्ने कोठारीको भनाइ छ । ‘यो नयाँ सर्भिस सेन्टरले नेपालभरका प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाउने छ,’ सोमबार सर्भिस सेन्टरको उद्घाटन कार्यक्रममा उनले भने ।
सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै समुदायमा शाओमीका आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कोठारीले बताए । सेवाको ‘टर्नअराउण्ड’ समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनीय गिरावटले शाओमीको फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाइ छ ।
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ११
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६
न्युज कारोबार
|
फागुन १६