global ime bank Long Banner Ad

गृहपृष्ठ ३ हजार ६८१ जनामा पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टि 

३ हजार ६८१ जनामा पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टि 

३ हजार ६८१ जनामा पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८१ जनामा पीसीआर परीक्षण गर्दा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४४ महिला र ८१ जना पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । 

सोमबार थप ९० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको हो । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५२९ जना छन् । जसमध्ये ६६ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट २ हजार ६१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु