global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच साेमबार दिउँसो सर्वाेच्च अदालतमा भेटघाट भएको छ । प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वाेच्च अदालतपछाडि सेनाकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको बताइएको छ । तर, सर्वाेच्चमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर 'हेर्दाहेर्दै'मा रहेकाे बेला भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सेनाको क्याभलरीकाे जग्गा सर्वाेच्चकाे नाममा नामसारी गर्ने प्रक्रियाबारे उनीहरूबीच छलफल भएको सर्वाेच्च अदालत स्राेतले बताएको छ । स्रोतका अनुसार जग्गाको विषयमा छलफल गर्नकै लागि प्रधानन्यायाधीश राणाले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएका हुन् ।

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु