global ime bank Long Banner Ad

गृहपृष्ठ रुबीना बनिन् बिग बोसको विजेता

रुबीना बनिन् बिग बोसको विजेता

रुबीना बनिन् बिग बोसको विजेता

रुबीना दिलैक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झगडा र ड्रामापछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।

अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् ।

फिनालेमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो । (एजेन्सी)

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु