global ime bank Long Banner Ad

गृहपृष्ठ मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो । मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ । पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वद्र्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले ६० लाख र मन्त्रालयले एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ । सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ सुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बूढाबूढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ । 

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताए । (रासस)

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु