global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरी बस्ने घर आम नागरिकका विश्वास र भरोसाका प्रतिक हुन् : आइजीपी थापा क्षेत्री

प्रहरी बस्ने घर आम नागरिकका विश्वास र भरोसाका प्रतिक हुन् : आइजीपी थापा क्षेत्री

प्रहरी बस्ने घर आम नागरिकका विश्वास र भरोसाका प्रतिक हुन् : आइजीपी थापा क्षेत्री

प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।आइजीपी थापा क्षेत्रीले नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने ४ जना महानुभावहरुलाई प्रशंसापत्रसमेत प्रदान गरे ।  

सो अवसरमा आइजीपी थापा क्षेत्रीले नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदाशयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा सम्वर्द्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्त कालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने उल्लेख गर्दै आइजीपी थापा क्षेत्रीले भने, ‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।' कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो बर्दीले कहिल्यै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न नपाउने उनले चर्चा गरे । 

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका एसपी ई. ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार नेपाल सरकारको नियमित बजेटबाट कुल ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कुल ११,१७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३/३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको  छ । उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्षसहित २२ कोठा र ब्यारेक भवनमा ९ वटा कोठा रहेका छन् ।

प्रकाशित समय : ००:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु