Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस

न्युज कारोबार काठमाडौं फागुन ९, २०७७       

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पेस भएको छ । आइतबार प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेस भएको हो ।

प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रचण्ड-नेपाल पक्षका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोलाई अविश्वास प्रस्ताव पेस गर्न समय दिएका थिए । आङ्बोले अविश्वास प्रस्ताव पेस गरेसँगै प्रदेश सभामुख भण्डारीले बैठक फागुन २० सम्मका लागि बैठक स्थगित गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई साथ दिएकाले राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको आङ्बोले बताए । ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

सम्बन्धित खबरहरु