मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयता सेवा
वि.सं.२०७७ फागुन ९ आइतवार १९:५८
shares
मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत् सञ्चालनमा ल्याएको छ ।
ग्राहकले यस भर्चुअल सहयाता सेवामार्फत् छिटो, छरितो र सहज रुपमा बैंकका प्रोडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका अत्याधुनिक पद्दतिबाट सञ्चालनमा ल्याएको छ ।
यस सेवाको लागि बैंकको वेबसाइट (www.muktinathbank.com.np) वा बैंकको मासकट ‘मुक्तिभाई’ क्लिक गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

























