हाम्रो आन्दोलन पदका लागि होइन, व्यवस्था जोगाउन हो : माधव नेपाल
वि.सं.२०७७ फागुन ७ शुक्रवार १८:४४
shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान परिस्थितिमा भइरहेको अन्दोलन पदका लागि नभइ व्यवस्था जोगाउनका लागि भएको बताएका छन् । शुक्रबार 'सिंहदरबार डटकम अनलाइन'को शुभारम्भ गर्दै उनले व्यवस्था नै संकटमा परेकाले त्यसलाई अन्दोलनमा उत्रनुपरेको बताएका हुन् ।
‘अहिले सिंगो व्यवस्था नै संकटमा परेको छ, संघीय लोकतान्त्रिक गणतन्त्र जोगिए मात्रै नागरिकको समृद्धिको सपना चाँडो पूरा हुन्छ, हामी पहिले व्यवस्था जोगाउँछौं अनि समृद्धिका लागि लड्छौं,’ अध्यक्ष नेपालले भने । संविधानले नै समाजवादोन्मुख व्यवस्था ल्याउने भनेकाले राजनीतिक दलहरुको पहिलो प्राथमिकता बनेको तर केपी ओलीले गाणतन्त्र नै मास्न खोज्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । ‘हामी समृद्धिको अभियानमा थियौं, ओलीले व्यवस्थै मास्न खोजे त्यसकारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन आन्दोलनमा जानु परेको हो ।’ उनले भने ।

























