काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य निरन्तर ओरालो

11.21K
shares

तीन दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार १ हजार १ सय, बिहीबार ६ सय र शुक्रबार १ हजार गरी तीन दिनमा २ हजार ७ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको लागि छापावाल सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।