global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयो

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयो

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको सहयो

पुस, २०-  बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ ।

मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन दिन डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट संघलाई १०० थान म्याट सहयोग प्रदान गरेको हो । त्यस सहयोग आज यहाँ एक कार्यक्रम गरी डोजाङका सञ्चालकसमेत रहेका अब्बल खेलाडी राष्ट्रकुमार राईले हस्तान्तरण गर्नुभयो ।

यसैगरी डोजाङले सुनसरीको इटहरीमा हालै सम्पन्न १२औँ अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीलाई समेत सम्मान गरेको छ । डोजाङले दमकको सगरमाथा मल्टिमार्शल आर्ट संघबाट प्रतियोगितामा सहभागी भएर २ स्वर्ण, ६ रजत र ३ काँस्यपदक जित्ने खेलाडीसहित टिम कोच, म्यानेजरलाई सम्मान गरेको थियो । ती सम्मान तथा खेलकुद सामग्रीको हस्तान्तरण दमक नगर प्रमुख रोमनाथ ओलीले गर्नुभएको थियो ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु