global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

बालिबालिका हुन् वा बृद्ध, सबै उमेरका व्यक्तिलाई ईन्टरनेटले कुनै न कुनै रुपमा फाइदा पुर्‍याइरहेको हुन्छ । तर, सधैं ईन्टरनेटले फाइदा गर्छ भन्ने मात्रै छैन् । अचेल ईन्टरनेटको दुरुपयोग बढ्दो छ र बालबालिका यसको जोखिममा पर्ने गरेका छन् ।

अनलाइनमा बालबालिकालाई हानी पुर्‍याउने काम बढ्दै गएकाले विश्वभर नै यो चिन्ताको बिषय बनेको छ । बालबालिकालाई सुरक्षित बनाउन भिडियो लाइब्रेरी यूट्युव र सोसल मिडिया साइट फेसबुकले पनि विभिन्न नीति परिवर्तन गरिरहेका छन् । त्यसबारे हामी पछि चर्चा गर्नेछौं ।

विभिन्न च्याट एप वा फेसबुक चलाएका बालबालिकासँग साथी भएर उनीहरुको परिवारको बारेमा विभिन्न प्रश्न सोधेर जानकारी लिने, उनीहरुलाई एक्लै भेट्न बोलाएर यौन दुव्र्यवहार गर्ने जस्ता घटना विश्वभर नै चिन्ताको बिषय बनेको छ ।

यस्ता घटनाबाट बच्न हामी आफैं सचेत हुनुपर्छ । थोरै मात्र ध्यान पुर्‍याउने हो भने यस्तो जोखिममा हामी पर्नु पर्दैन । त्यसका लागि यहाँ केही सुझाव छन् :

  • १) च्याट वा कुनै माध्यमबाट नचिनेको व्यक्तिले आफ्नो वा परिवारकोबारेमा कुनै जानकारी मागेमा नदिने ।
    २) ईन्टरनेटमा कुनै फोटो राख्दा अनिवार्य आफ्नो अभिभावकलाई जानकारी दिने ।
    ३) फेसबुक वा कुनै सोसल मिडियामार्फत कुनै नचिनेको व्यक्ति साथी बन्न प्रस्ताव गरे नबन्ने र यसबारे आफ्नो अभिभावकलाई भन्ने ।
    ४) अनलाईनमा भेटेको तर वास्तविकरुपमा नभेटेको व्यक्तिले एक्लै भेट्न बोलाए नजाने । बरु अभिभावकलाई यसबारे निर्धक्क जानकारी दिने ।
    ५) आफ्नो पासवर्ड आफ्नो अभिभावकबाहेक कसैलाई नभन्ने ।
    ६) सकेसम्म शैक्षिक सामग्री पाइने अनलाईन साइटहरु मात्रै भिजिट गर्ने । यसको लागि अभिभावक वा शिक्षक शिक्षिकासँग सोध्ने ।
    ७) कोही व्यक्तिले आफूलाई थाहा नभएको वेबसाइट भिजिट गर्नु भनेर अनुरोध गर्छ भने पहिले अभिभावकलाई भन्ने ।
    ८) सकेसम्म एक्लै हुँदा ईन्टरनेट प्रयोग नगर्ने । परिवारका सदस्यहरु भएको स्थानमा बसेर मात्रै ईन्टरनेटको प्रयोग गर्ने ।
    ९) घरमा एक्लै छौं भने कुनै पनि माध्यमबाट यसको जानकारी कसैलाई नदिने ।
    १०) कुनै पनि एप वा फेसबुकजस्तै खालका सोसल मिडिया प्रयोग गर्दा पहिला आफ्ना अभिभावकलाई जानकारी दिने र चलाउन योग्य छन् भने चलाउने तरिका सिकेर मात्रै चलाउने ।

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु