गृहपृष्ठ काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

काठमाडौं–काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली आयोजना गरिने भएको छ । भोलि फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने छ ।

काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्ने छ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त र्यालीको आयोजना हुने भएको हो ।

लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर र्याली प्रारम्भ हुनेछ । लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने र्याली संयोजक तथा ३२५ ए१ का रिजन चेयरपर्सन किशोर भट्टराईले बताए ।

एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत र्यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ ।

बिराटनगरमा हुने कार्यक्रममा हाजिरी जवाफ, फुटवल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि आयोजना हुनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ ।

लायन्सले सन् २०१७–२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ । सोही अवसरमा १ सय १ कार सहितको र्याली आयोजना गरिएको र्यालीका प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए१ का जोन चेयरपर्सन मधुसूदन सिग्देलले बताए ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु