nmb bank

गृहपृष्ठ सुजुकी सेलेरियो ‘द परफेक्ट फेमिलीकार’

सुजुकी सेलेरियो ‘द परफेक्ट फेमिलीकार’

सुजुकी सेलेरियो ‘द परफेक्ट फेमिलीकार’

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनामा पनि निरन्तरता दिएको छ ।
उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरबाट माघर भर सञ्चालन गरेको हो ।
कम्पनीले यस टेष्ट राईड कार्यक्रम हाल सम्म जम्मा १८ स्थानहरुमा सफलतापूर्वक भएको छ । कम्पनीका अनुसार माघ महिनामा ७१४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिलीकार भनेका छन् ।
मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो र यो माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२०० भन्दा धेरुै ग्राहकवर्गले यो सुविधा महसुस गुर्न भएको छ ।
सेलेरिया ‘द परफेक्ट फेमिलीकार’ नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियानमार्फत बजारमा ल्याएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यास ब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु