nmb bank

गृहपृष्ठ देउवाद्वारा राजीनामा, प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

देउवाद्वारा राजीनामा, प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

देउवाद्वारा राजीनामा, प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

शेरबहादुर देउवाले बिहीबार बिहान देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिने कार्यक्रम छ । ओलीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना छ ।

ओलीको यो दोस्रो कार्यकाल हो । यसअघि ओली २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय एमालेको स्थायी कमिटीको बैठकले बुधबार नै गरेको थियो । बिहीबार बिहान एमाले–माओवादी नेताहरु राष्ट्रपति कार्यालय पुगी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी पेश गरेका थिए । जसमा ओलीलाई एमाले र माओवादीको समर्थन रहने भनिएको छ ।

दुवै पार्टीको समर्थनमा प्रधानमन्त्री बन्न ओलीलाई स्पष्ट बहुमत पुगेको छ । दुर्इ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१ र माओवादी केन्द्रका ५३ सदस्य छन्।  यसअघि, बुधबार साँझ निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा बुझाएको थियो ।

संविधानअनुसार राष्ट्रियसभाको गठन भई सबै प्रक्रिया पूरा भएकाले प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको हो ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु