global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बलराम श्रेष्ठ टोकियोका लागि अवैतनिक वाणिज्य दूत

बलराम श्रेष्ठ टोकियोका लागि अवैतनिक वाणिज्य दूत

बलराम श्रेष्ठ टोकियोका लागि अवैतनिक वाणिज्य दूत

काठमाडौँ, ६ फागुन । नेपाल चेम्बर अफ कमर्सले जापानको राजधानी टोकियोका लागि बलराम श्रेष्ठलाई अवैतनिक वाणिज्य दूत तोकेको छ । नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिए ।

कर्पोरेट तथा अन्तर्राष्ट्रिय कानून व्यवसायीका रुपमा २० वर्षदेखि जापानमा कार्यरत श्रेष्ठ जापान–नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत हुनुहुन्छ ।

“समृद्ध राष्ट्र निर्माणका लागि जापानको प्रविधि तथा लगानी नेपाललाई आवश्यक छ, दुई देशबीच हुने व्यापार प्रवद्र्धनले नेपाल–जापानको आर्थिक, सामाजिक, सांस्कृतिक र पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगिनेछ”– रासससँग कुरा गर्दै अवैतनिक वाणिज्य दूत श्रेष्ठले भन्नुभयो ।

जापानलगायत विश्वका १८ शहरमा अवैतनिक वाणिज्य दूत नियुक्त गरी व्यापार प्रवद्र्धन एवं लगानी आकर्षणको वातावरण बनाउन लागिएको चेम्बरले जनाएको छ ।
रासस

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु