global ime bank Long Banner Ad

गृहपृष्ठ तीन लाख बढी लाभग्राहीले डेढ लाखसम्म पाउन योग्य

तीन लाख बढी लाभग्राहीले डेढ लाखसम्म पाउन योग्य

तीन लाख बढी लाभग्राहीले डेढ लाखसम्म पाउन योग्य

काठमाडौं । पुनर्निर्माणमा क्रियाशील तीन लाखभन्दा बढी लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकार्इको आइतबारसम्मको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ । प्रमाणकीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट घर पुनर्निर्माणका लागि डेढ लाख रुपैया लिन सक्छन् । पछिल्लो समय निजी आवास पुनर्निर्माणले गति लिएसँगै दोस्रो किस्ताका लागि दाबी गर्ने लाभग्राहीको संख्या दिन प्रति दिन बढिरहेको छ । आइतबारकै तथ्यांकअनुसार ३ लाख १४ हजार १ सय २४ जना लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । पहिलो किस्ता लिएर भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही सिन्धुपाल्चोकका सबैभन्दा धेरै छन् । त्यहाँका ५१ हजार ९ जना भूकम्प प्रभावित लाभग्राहीले अब दोस्रो किस्ता पाउनेछन् । त्यसैगरी, नुवाकोटका ४१ हजार ७ सय ९४, गोरखाको ३६ हजार ८ सय ६५, दोलखाका ३४ हजार २८ जना, धादिङका ३१ हजार ९ सय ३७ जना, काभ्रेपाल्चोकका २३ हजार ९ सय ४५ लाभग्राहीले पनि दोस्रो किस्ता पाउनेछन् । भूकम्प कम प्रभावित जिल्लाका लाभग्राही पनि दोस्रो किस्ताका लागि योग्य हुन थालेका छन् । आइतबारसम्म लमजुङका ५ सय ९२ र चितवनका १ सय ६५ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले अनुदान सम्झौता भएका ६ लाख ९७ हजार ६ सय ३५ लाभग्राहीमध्ये ४३।५१ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता पाउनु उल्लेखनीय प्रगति भएको मान्न सकिने बताउनु भयो । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या जस्तै भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माणधीन घरको संख्या ३ लाख ५८ हजार ६ सय ३७ छ भने निर्माण सम्पन्न भएका घरको संख्या १ लाख १० हजार ४ सय ७२ पुगेको छ । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ५७ हजार ३३ घर पुनर्निर्माण भइरहेका छन् । यो गतिलाई तीव्रता दिंदै मनसुन शुरु हुनु भन्दा अगावै थप घरहरुको निर्माणमा बढोत्तरी कायम गर्ने गरी प्राधिकरणले आवश्यक तयारी गरिरहेको प्रवक्ता भूसालले बताउनुभयो । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्तामा १ लाख रुपैया पाउँछन् ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु