global ime bank Long Banner Ad

गृहपृष्ठ निजी आवास पुनर्निर्माणलाई गति दिन सिइओ भूसालको निर्देशन

निजी आवास पुनर्निर्माणलाई गति दिन सिइओ भूसालको निर्देशन

निजी आवास पुनर्निर्माणलाई गति दिन सिइओ भूसालको निर्देशन

काठमाण्डौं  ।  उपत्यकामा निजी आवास पुनर्निर्माणको गति सुस्त भइरहेका बेला त्यसलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माहतहतका निकायलाई निर्देशन दिएको छ ।
प्राधिकरणका प्रमुख कार्याकारी अधिकृत युवराज भूसालले आइतवार शहरी बिकास मन्त्रालय र स्थानीय बिकास मन्त्रालय अन्र्तगतका केन्द्रीय आयोजना कार्यान्वयन इर्काइका प्रमुखसहित काठमाण्डौ ललितपुर र भक्तपुरका भवन कार्यालय, प्राधिकरण लगायत निकायका प्रमुखलाई बोलाएर काठमाण्डौ उपत्यकामा निजी आवास पुनर्निर्माणको गतिलाई तिव्रता दिने गरी काम गर्न निर्देशन दिएको हो ।
पुनर्निर्माणमा आइपर्ने समस्यालाई फुकाउन प्राधिकरण तयार रहेको भन्दै नतिजामूखी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
सो अवसरमा सहभागीहरुले सहुलियत ऋण प्रवाहमा भएको ढिलाई र जग्गासम्बन्धी समस्याका कारण अधिकांसले घर बनाउन नसकेको जानकारी गराएका थिए ।
बैठकले सहुलियत ऋण र अनुदान बितरणमा बैंकहरुले दिएको हैरानी र समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै पुनर्निर्माण लाभग्राहीबाट प्रवलीकरण लाभग्राहीमा सर्न चाहनेहरुलाई आवश्यक जानकारी दिन प्रचार प्रसार कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । यस्तै संयुक्त पुर्जा भएकालाई बहु स्वामित्व र बहुतले भवन बनाउन प्रोत्साहन गर्न आवश्यक प्रचारप्रसारलाई व्यापक बनाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु