global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग

फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग

फोर्ड बिक्रेताको ब्रम्हलुट : कारबाही गर्न खुट्टा कमाउँदै आपूर्ति विभाग

काठमाडाैं, १४ फागुन । फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले करिब एक महिनाअघि फोर्ड ब्रान्डको थापाथलीस्थित बिक्रेता जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो।

विभागले बयान सकेर दुई साताअघि मुद्दा दायर गर्ने दाबी गरे पनि उपभोक्ता ठग्ने जीओ अटोमोबाइल्सलाई हालसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन।

उपभोक्तावादी संघसंस्थाले आपूर्ति मन्त्रालयका तत्कालीन मन्त्री जयन्तबहादुर चन्दसहित अर्थ मन्त्रालयसम्म दोषी भनेकामा जीओ अटोमोबाइल्सले रकमको भागबण्डा गरेकाले कारबाही गर्न नसकिएको दाबी गरेका छन्। उपभोक्तावादी ज्योति बानियाँले व्यापारी, कर्मचारी र नेताको मिलोमतोमा ब्रम्हलुट गर्ने जीओ अटोमोबाइल्समाथि कारबाही हुन नसकेको बताए।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

‘कारबाहीबाट जोगिन व्यापारीले लाखौं रुपैयाँ विभिन्न शक्ति केन्द्रमा वितरण गरेका छन्’, बानियाँले भने,‘यो रकमको भागबण्डा आपूर्ति विभागमा पनि पुगेको छ।

त्यही भएर अनुगमन गरिएका कुनै पनि दोषीमाथि आपूर्ति विभागले कारबाही गर्न सकेको छैन। बार्गेनिङ नमिल्दा अनुगमन गर्ने, त्यसपछि फेरि बार्गेनिङ गरी कारबाही रोक्ने प्रवृति आपूर्ति विभागमा देखिएको छ।’

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु