गृहपृष्ठ पुतलीसडकस्थित शेयर मार्केटको भवनमा भीषण आगलागी
पुतलीसडकस्थित शेयर मार्केटको भवनमा भीषण आगलागी

काठमाडौं, १४ फागुन । पुतलीसडकस्थित शेयर मार्केटको भवनमा भीषण आगलागी भएको छ । भवनको माथिल्लो तल्लामा रहेको रेष्टुरेन्टबाट सुरु भएको आगलालीले आसपासका घरमा समेत क्षेति पुगेको छ ।
बिहान करिव साढे नौ बजे भवनको माथिल्लो तलामा रहेको लागेको आगो निभाउन सिंहदरवार परिसरमा रहेको दमकल घटनास्थल पुग्न करिव २० मिनेट लागेको थियो । रेष्टुरेन्टमा रहेको ग्याँस सिलिण्डर तथा भवनमा रहेको एसी लगायतका उपकरण बिष्फोट हुँदा आसपासका सर्वसाधारण त्रसित् बनेका छन ।
कार्यालय समयको अस्तव्यस्त सवारी जामका कारण काठमाडौं र ललितपुरका बारुणयन्त्र घटनास्थल पुग्न ढिलाई भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको बारुणयन्त्रका अधिकारीहरुले जनाएका छन् ।
आगलागीबाट भवनको माथिल्लो दुई तला र बागबजार तर्फका दुई घरमा क्षेती पुगेको छ । आगलागीको कारण र क्षेतीको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
सेयर बजार कम्प्लेक्समा बैंक, फाइनान्ससहित सिडिएस एण्ड क्लियरिङ लगायतका दर्जनौं कार्यालय रहेका छन् ।
प्रकाशित समय : १६:१६ बजे