global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ऊर्जामा न्यून महिला सहभागिता

ऊर्जामा न्यून महिला सहभागिता

ऊर्जामा न्यून महिला सहभागिता

काठमाडौं । ऊर्जाको सुरक्षित उत्पादनमूलक परिप्रयोगका लागि महिलामैत्री नीति नियम बनाउनुपर्नेमा जोड दिइएको छ । आज राजधानीमा ‘लैगिंक र ऊर्जा’ विषयक अन्तर्राष्ट्रिय कार्यशालामा महिलाहरुको ऊर्जामा नेतृत्वदायी सहभागिता नहुँदा आर्थिकरुपमा सक्षम हुन नसकेको औँल्याइएको थियो ।
नेपाल ऊर्जा फाउन्डेशन तथा उर्जा र स्रोत संशाधन संस्थान (टेरी) र ऊर्जा र वातावरणका लागि महिलाहरुको सञ्जाल नेपाल (वनी)को संयुक्त सहकार्यमा आयोजित कार्यशालामा महिलाले ऊर्जाको बढी प्रयोग गर्ने पनि ऊर्जाबारे जनचेतना, सुरक्षा र उत्पादकत्वबारे अनभिज्ञ रहेकाबारे छलफल गरिएको थियो ।
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले ग्रामीण क्षेत्रका महिलाहरु परम्परागत ऊर्जामै निर्भर परेको भन्दै उनीहरुलाई आधुनिक ऊर्जाको प्रयोगले दैनिकी मात्र होइन, आर्थिकरुपमा सक्षम हुने अवसरका बारेमा जनचेतना आवश्यक भएको बताए ।
नेपाल ऊर्जा फाउन्डेशका प्रवन्ध निर्देशक डिल्लीप्रसाद घिमिरे नेपालमा ऊर्जाका हरेक क्षेत्रमा पुरुषको मात्र सहभागिताले महिलामैत्री नीति बन्न नसकेको बताए । ऊर्जासम्बन्धी जनचेतनाको अभावमा यसका अवसरहरुबाट महिला बञ्चित भएको उल्लेख गर्दै उनले आधुनिक समाज घुलमिल संर्घष गरिरहेको बताए ।
ऊर्जा र वातावरणका लागि महिलाहरुको सञ्जाल नेपाल (वनी)का संयोजक कला तिमिल्सनाले ऊर्जा क्षेत्रका नीतिनियमका बनाउने स्थानमा महिला सहभागिता नगराएको उल्लेख गर्दै ऊर्जामा महिलाका लागि भनेर छुट्टाएको बजेट पनि खर्च नहुने उल्लेख गरिन् ।
उनले भनिन्, ‘महिला धेरै ऊर्जा प्रयोग गर्छन् तर उनीहरुलाई विद्युतीय उपकरणको आधारभूत ज्ञान, सुरक्षित प्रयोगबारे जानकारी छैन, सरकारले ऊर्जाको सुरक्षित र उत्पादनमूलक प्रयोगका लागि काम गर्नेतर्फ नसोच्नु दुःखद् पक्ष हो ।’
उनले सञ्जालमार्फत महिलालाई ऊर्जाबारे जानकारी दिन १७ जिल्लामा सञ्चालका शाखा विस्तार गरी सरोकारवाला निकायसँग सहकार्य गर्दै कार्यक्रम गरिरहेको बताइन् । ऊर्जा र स्रोत संसाधन संस्थान (टेरी) का विग्सना गिलले पछिल्लो समय महिलाले मोवाइल, टिभी, कम्प्युटरको प्रयोग गरी विश्वव्यापीकरणमा जोडिएपनि ऊर्जाको प्रयोग गरी उद्यम सञ्चालन गर्ने, कृषिमा ऊर्जा प्रयोग गरी उत्पादनमुलक क्षेत्रमा अघि बढ्ने विषयमा पछाडि रहेको उल्लेख गरे ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु