nmb bank

गृहपृष्ठ सरकारले बजेटको मध्यावधि समिक्षा

सरकारले बजेटको मध्यावधि समिक्षा

सरकारले बजेटको मध्यावधि समिक्षा

काठमाडौं । सरकारले बजेटको मध्यावधि समिक्षा आज सार्वजनिक गर्ने भएको छ । सरकारी राजश्व संकलन र पु“जीगत खर्च कम हुनुका समस्याहरु औल्याउदै सरकारले चालु आर्थिक बर्षको बजेटको मध्यावधि समिक्षा सार्वजनिक गर्न लागेको हो । आर्थिक बर्षको ६ महिना वितेपछि हुने मध्यावधि समिक्षा राजनीतिक संक्रमणका कारण आठौ महिनाको अन्तिममा पुगेको हो । लामो समयदेखि नै आर्थिक बर्षको अन्त्यमा खर्च हुने परम्पराले यो बर्ष पनि निरन्तरता पाउने भएको छ । चालु बर्षको आठ महिना वित्न लाग्दा पनि पूजीगत अर्थात विकास खर्च २३ प्रतिशत मात्रै भएको छ । तर, चालु खर्च भने ४७ दशमलव ७१ प्रतिशत भइसकेको छ । सरकारको पुँजीगत खर्च निराशाजनक भएपनि राजश्व संकलन भने लक्ष्यको ५६ प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु