nmb bank

गृहपृष्ठ निक्षेप संकलन गरेर मात्र कर्जा लगानी गर्ने : गर्भनर

निक्षेप संकलन गरेर मात्र कर्जा लगानी गर्ने : गर्भनर

निक्षेप संकलन गरेर मात्र कर्जा लगानी गर्ने : गर्भनर

काठमाडौं । चालु आर्थिक वर्षको २०७४/७५को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नर्गन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव देखिएको उनले बताए । नेपाल राष्ट्र बैंकमा रहेको २८५ अर्ब रुपैयाँ बजारमा गएपछि लगानी योग्य पुँजीको समस्या समाधान हुने बताए ।
कार्यक्रममा डा.गर्भनरले हाल वित्त प्रणालीमा सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिएका छन् ।
एक सय ५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जानकारी दिँदै उनले भने, ‘ठूलो मात्रामा वैदेशिक लगानी आउँदै छ । पुँजीगत खर्चपनि बढेपछि लगानीयोग्य पुँजीको समाधान हुनेछ ।’

प्रकाशित समय : ००:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु