global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ शंकरनगर वनविहारमा ‘तिलोत्तमा भ्यूटावर’ झण्डै १४ करोड लाग्ने

शंकरनगर वनविहारमा ‘तिलोत्तमा भ्यूटावर’ झण्डै १४ करोड लाग्ने

शंकरनगर वनविहारमा ‘तिलोत्तमा भ्यूटावर’ झण्डै १४ करोड लाग्ने


भ्यूटावर निर्माणका लागि तयार गरिएको स्केच ।

रेनुका गिरी । बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भ्यूटावर बन्ने भएको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रको १३ करोड ५८ लाख रुपैयाँको संयुक्त लगानीमा १० तलाको भ्यूटावर बन्न लागेको हो ।
भ्यूटावर १३३ फिट अग्लो र भुइँतला ३ हजार ५९५ दशमलव ८९ वर्गफिटको हुनेछ । भ्यूटावर भवन २ कठ्ठा क्षेत्रफलमा बन्ने छ भने भ्यूटावर अन्तरगत विभिन्न पर्यटकीय पूर्वाधार र संरचनाहरु २ बिघा क्षेत्रफलमा बन्ने छन् । लिफ्ट सुविधासहित बन्ने भ्यूटावर परिसरमा सुविधायुक्त रेष्टुराँहरु र पर्यटक विश्रामका लागि बास बस्न मिल्ने वातानुकूलित कोठाहरु, लाइब्रेरीलगायत संरचनाहरु बनाउने गरी डिजाइन गरिएको छ ।
चालु आर्थिक वर्षमा भ्यूटावरका लागि तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । भ्यूटावर निर्माणको कूल वजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रले ब्यहोर्ने छन् । भ्यूटावरको निर्माण चार वर्षमा पूरा गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी प्राकृतिक निर्माण प्रालिले बजेट व्यवस्थापन भएमा दुई वर्षमै निर्माण पूरा गर्न सकिने जनाएको छ ।

भ्यूटावरको शिलान्यास गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेल ।

भ्यूटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिनेछ । दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहरहरु देख्न सकिनेछ । भ्यूटावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान गरिने छन् । नेपाली कांग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बिहीबार शिलान्यास गर्दै तिलोत्तमा नगरपालिकालाई पर्यटकीय स्थल बनाउन भ्यूटावर निर्माणले महत्वपूर्ण टेवा पु¥याउने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा भ्यूटावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै भ्यूटावर भविष्यमा नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले भ्यूटावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्न, बाल रेल सञ्चालन र बोटानिकल गार्डेनका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरे ।

प्रकाशित समय : २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु