global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नयाँ वर्षमा फुड कारनिभल, यसरी झुम्नेछ पोखरा (भिडियोसहित)

नयाँ वर्षमा फुड कारनिभल, यसरी झुम्नेछ पोखरा (भिडियोसहित)

नयाँ वर्षमा फुड कारनिभल, यसरी झुम्नेछ पोखरा (भिडियोसहित)


काठमाडौं । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा ‘हाम्रो सभ्यता, हाम्रो संस्कृति’ जोगाउने मुख्य ध्येयका साथ पोखरामा फुड कारनिभल आयोजना गरिने भएको छ । प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यसँगै युवाहरुलाई पर्यटन व्यवसायप्रति उत्प्रेरणा जगाउन नयाँ वर्षको पहिलो दिन बैशाख १ गते फुड कारनिभल आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘फुड कारनिभल सवा करोडको आयोजना हो,’ टिम सहयोगी सुरज घिमिरेले भने, ‘यो नेपालमा पहिलो पटक आयोजना गरिएको छ ।’ टिम सहयोगी घिमिरेका अनुसार हाम्रो नयाँ वर्ष हामीले नै मनाउने हो भन्ने मान्यताका आधारमा फुड कारनिभल आयोजना गरिएको हो ।
पोखरा नै छनौट किन गर्नुभएको भन्ने प्रश्नमा घिमिरेले भने, ‘मुख्य आयोजक पोखराकै भएको र पर्यटन प्रवद्र्धनसँगै नयाँ वर्षमा अन्तर्राष्ट्रिय स्तरको मेला सञ्चालन गरी आफ्नो सभ्यता र संस्कृतिको पहिचान दिनका लागि यो स्थान छनौट गर्नुपरेको हो ।’ उनका अनुसार यो आयोजना सफलतापूर्वक सम्पन्न भए आगामी दिनमा अन्य शहरहरुमा एकैचोटी आयोजना गर्ने सोंच रहेको बताए ।

भिडियो हेर्नुस् :

https://youtu.be/k1Gh8N_djNU

‘फुड कारनिभल नयाँ बर्षको रमाइलोसँगै स्थानीय उत्पादनहरुको बारेमा जानकारी दिन र स्थानीय उत्पादनहरुको खपत, प्रवद्र्धन र बजारीकरणको भविष्यको पनि अध्ययन गर्नु अर्को उद्देश्य हो,’ टिम सहयोगी घिमिरे भने, ‘यो आयोजनाले आगामी दिनमा पर्यटकहरुलाई नेपाली नयाँ वर्षमा नेपाल घुमाउनु पनि हो ।’ यो आयोजनाले नयाँ वर्षमा पोखराबासी र त्यहाँ पुग्ने पर्यटकलाई झुम्याउने छ ।
यो आयोजनामा स्थानीय सभ्यता, संस्कृति, रहनसहन लगायतका विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । टिम सहयोगी घिमिरेका अनुसार यो आयोजनाले स्वदेशी तथा बाह्य पर्यटकको आगमन दर बढाउनु पनि हो । नयाँ वर्ष विशेष आयोजना भएका कारण पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकको भनाई छ ।

प्रकाशित समय : २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु