काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नगर प्रमुखकाे चलखेल वीर अस्पतालको पचास राेपनी जग्गा हडप्न

11.68K
shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा गराउन चलखेल भएको छ। सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमपप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनियत गरिएको छ। यो खबर हामीले आजको राजधानी दैनिकमा लिएका हौ।

नेकले भोगचलन गरेको अस्पतालको जग्गा कलेजलाई दिलाउन नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो। नेकको १८० औं बैठकलले नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनित गरेको देखिन्छ।

त्यसपछि नेकको १४८ औं बैठकले नगरप्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ। वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझै गायब भएको जग्गा खोज्न सहयोग गर्नुको साटो कलेजले भोगचलन गरेको जमिन दिलाउन नगरप्रमुख आफै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन्।

‘हाम्रो जमिन हराएको छ। जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरको सुन्दा लाजमर्दो देखिएको छ’ उपकुलपति गुरुङले भने। छापाबाट