काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

11.72K
shares

काठमाडौं- करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् । खत्रीको खोजीका लागि प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरेकोमा उनी फरारको सूचीमा थिए । सुन काण्डका ३१ अभियुक्त अझै फरार छन् ।