गृहपृष्ठ विश्वकाे पहिलाे माेबाइल कल कसकाे थियाे ?
विश्वकाे पहिलाे माेबाइल कल कसकाे थियाे ?
मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । यसका बारेमा धेरै रोचक तथ्यहरु छन् । आज हामी केही यस्ता रोचक तथ्यहरु प्रस्तुत गर्दैछौं जुन धेरैलाई थाह नहुन पनि सक्छ ।
- सन् १९७३ अप्रिल ३ मा मोटोरोला कम्पनीका अनुसन्धाता मार्टिन कुपरले पहिलो पटक डा. जोएल एंगललाई फोन गरेका थिए । यो नै विश्वको पहिलो मोबाइल कल थियो ।
- सन् १९८३ मा विश्वकै पहिलो भ्वाइस मेल पठाइएको थियो, त्यसभन्दा पहिले मोबाइलबाट इन्टरनेट चलाउन सम्भव थिएन ।
- सन् १९८३ मा मोटोरोलाले मोबाइल बनायो तर त्यसको मूल्य कबि ४ लाख रुपैयाँ पर्दथ्यो ।
- सन् १९९२ मा कम्युटरबाट मोबाइलमा पठाइएको एस.एम.एस. नै पहिलो एस.एम.एस. थियो ।
- सन् १९९३ मा लन्च गरिएको आइ बि एम सीमान विश्वकै पहिलो स्मार्ट फोन हो जसमा क्यालेन्डर, टच स्क्रिनका साथै केही स्मार्ट फिचरहरु पनि थिए ।
- विश्वको सबैभन्दा बढी बिक्रि भएको मोबाइल नोकियाको ११०० हो । यो मोबाइल सन् २००३ मा लन्च गरिएको थियो । यो विश्वभरमा २५ करोड सेटभन्दा बढी बिक्रि भएको मोबाइल हो ।
- विश्वको सबैभन्दा महंगो मोबाइल एप्पलले बनाएको थियो । यसको मूल्य ७८ लाख ५० हजार डलर थियो ।
- विश्वका लगभग ७० प्रतिशत मोबाइल चीनमा बन्दछन् ।
- विश्वका ५० प्रतिशत मोबाइल प्रयोगकर्ताहरु मोबाइलको मुख्य प्रयोग खेल्नका लागि गर्दछन् ।
(स्रोत : विभिन्न वेबसाइटहरु)
प्रकाशित समय : २०:२१ बजे


















