गृहपृष्ठ एनआईसी एसिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा
एनआईसी एसिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा
एनआईसी एसिया बैंकले सर्लाहीको कबिलासी नगरपालिकामा नयाँ शाखा खोलेको छ । कबिलासी शाखाको नगरपालिका प्रमुख किशोर यादवले उद्घाटन गरे ।
बैंकले मुलुकभर २२४ शाखा कार्यालय, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टर र नौवटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । बैंकको वासलातको आकार १६६ अर्ब रुपैयाँभन्दा बढी छ भने निक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगेको छ।
करिब ११८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : २१:१५ बजे


















