काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

1.43K
shares

भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्।

भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ।

भारतमा मनसुन सुरु भएपछि चट्याङका घटनामा हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।