काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

420
shares

बागमती। हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।

सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित १३२ जना सहभागी हुनेछन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्रा हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ । यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।