विपद्मा परेकालाई सघाउन अक्षयकोष
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार ०८:१७
shares

म्याग्दी।रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा ७० लाख सङ्कलन भएको छ ।
बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताए । “दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उनले भने“हालसम्म ७० लाख सङ्कलन भएको कोषमा एक करोड पु¥याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”
साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।

























