काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ आज देखि सुरू, सजिदैछ धनगढीको मोहना घाट

966
shares

धनगढी । आज देखि छठ पर्व सुरू भएको छ । कात्तिक शुक्ल चतुर्थि देखि सुरू हुने छठको पहिलो दिन आज नहाय-खाय विधि गरिन्छ ।

छठको पूजाका लागि धनगढीको मोहना घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।

छठ व्यवस्थापन समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलले घाट सजावटको काम ८५ प्रतिशत पूरा भई सकेको बताए । सष्टि तिथिका दिन अस्ताउदो सूर्यलाई जल चढाउन ताल, तलैया वा नदी किनार आवश्यक पर्ने गरेको बताउदै अध्यक्ष मण्डलले सो दिन सम्म सम्पूर्ण तयारी पूरा भईसक्ने बताए ।

उनका अनुसार यसबर्ष मोहना घाटमा करिव २ सय वर्तालुले सूर्यलाई जल चढाउने अनुममा गरिएको छ । त्यसकालागि १५० वटा भन्दा बढी स्टल तयार गरिएको उनले बताए ।

अध्यक्ष मणडलका अनुसार भारतको गौरिफण्टा नाकासंग सीमाना जोडीएको मोहना घाटमा सुरक्षाका लागि प्रशासन र प्रहरीलाई आग्रह गरिएको छ । वर्तालू संगै श्रद्दालू र अन्य व्यक्तिको पनि आगमन हुने हुदा मोहनाघाटमा सष्टि तिथिको राती दुई तीन हजार भन्दा बढी व्यक्तिको आगमन हुने अनुमान गरिएको उनले बताए । सोही अनुसार सुरक्ष व्यवस्थाका लागि आग्रह गरिएको अध्यक्ष मण्डल बताउछन् ।