काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने

315
shares

मुगु। मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको बताएको छन् ।

हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताए ।

पुल निर्माणपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।