गृहपृष्ठ कुमारी बैंकको ‘कुमारी महाबचत योजना’, सामान खरिदमा १० प्रतिशत नगद फिर्ता

कुमारी बैंकको ‘कुमारी महाबचत योजना’, सामान खरिदमा १० प्रतिशत नगद फिर्ता

कुमारी बैंकको ‘कुमारी महाबचत योजना’, सामान खरिदमा १० प्रतिशत नगद फिर्ता

काठमाडौं- कुमारी बैंकले ‘कुमारी महाबचत योजना’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत बैंकका ग्राहकले मेरो किराना डट कमबाट अनलाइन अर्डरमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक (नगद फिर्ता) पाउनेछन् ।

यस योजनाअन्तर्गत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने भएका हुन् । काठमाडौं उपत्यकाभित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्री होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ । मेरो किराना डटकममा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरिद गरि निःशुल्क डेलिभरीको सुविधा पाउने कम्पनीले जनाएको छ ।

हाल यस बैंकले ८५ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुबाट बैंकिङ सेवा दिइरहेको छ ।

प्रकाशित समय : २३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु