गृहपृष्ठ बंगलादेशले नेपाली धागोमा लगाएको अवरोध हटायो, पाँच अर्बको निर्यात हुने विश्वास
बंगलादेशले नेपाली धागोमा लगाएको अवरोध हटायो, पाँच अर्बको निर्यात हुने विश्वास
काठमाडौं– बंगलादेशले नेपालमा उत्पादन भएको धागो पुनः आयात गर्ने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा भएको नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालयस्तरीय बैठकमा नेपालको धागोमा लगाएको अवरोध हटाउने सहमति भएको हो ।
सहमतिसँगै स्वदेशमा उत्पादित धागो बंगलादेश निर्यातका लागि बाटो खुलेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले धागोमा लगाएको अवरोध हटाउन बंगलादेश सहमत भएको बताए । अवरोध हटेपछि बंगलादेशमा मात्रै नेपालदेखि करिब ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धागो वार्षिक रुपमा निर्यात हुने मन्त्रालयको विश्वास छ ।
नेपाल धागो उत्पादक संघका अनुसार स्वदेशी धागो उद्योगमा १५ अर्ब रुपैयाँबराबर लगानी छ । हाल नेपालमा ठूला चारवटा टेक्स्टायल उद्योग सञ्चालनमा छन् । ती उद्योगमा करिब १० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रकाशित समय : २३:१९ बजे


















