गृहपृष्ठ ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं- ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट सञ्चालन विभाग प्रमुख बलदेव थापा र सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरे । सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय : २३:२५ बजे


















