गृहपृष्ठ समयमै काम नगर्ने विक्रम पाण्डेको कम्पनीलाई ९४ लाख जरिवाना

समयमै काम नगर्ने विक्रम पाण्डेको कम्पनीलाई ९४ लाख जरिवाना

समयमै काम नगर्ने विक्रम पाण्डेको कम्पनीलाई ९४ लाख जरिवाना

काठमाडौं- सम्झौताअनुसारको समयसीमाभित्र काम सम्पन्न नगर्ने कालिका तामाङ प्यासेफिक/जेभीले करिब एक करोड जरिवाना तिरेको छ । निर्माणाधीन बुटवल-बेलहिया सडक विस्तार आयोजनाअन्तर्गत भैरहवाको सडक र डण्डा पुल निर्माणको ठेक्का पाएको विक्रम पाण्डेको सो निर्माण कम्पनीले ९४ लाख ७९ हजार एक सय ४८ रुपैयाँ जरिवाना तिर्नुपरेको हो ।

राप्रपा नेता समेत रहेका बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ-बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो । कम्पनीले गत मंसिरसम्ममै काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

त्यसैगरी, बर्मेली टोलस्थित बुद्धचोकमा बुद्धको मूर्ति निर्माण गर्ने जिम्मा लिएको अलकापपुरी निर्माण सेवाले ५९ हजार रूपैयाँ जरिवाना तिरेको छ । १६ लाख रूपैयाँमा निर्माण गर्ने गरी जिम्मा लिएको उक्त कम्पनीले समयमा काम सम्पन्न नगरेकोले जरिवाना तिराएको व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल कार्यालयले जनाएको छ । बुटवल–बेलहिया सडक आयोजनाले कम्पनीले निर्माण कार्य गरेबापत पाउनुपर्ने रकमबाट कट्टा गरी जरिवाना रकम राजस्वमा दाखिला गरेको हो ।

प्रकाशित समय : २३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु