गृहपृष्ठ माइडियाको दशैं योजना : ३७ हजार ७ सयसम्म क्यासब्याक, विभिन्न उपहार
माइडियाको दशैं योजना : ३७ हजार ७ सयसम्म क्यासब्याक, विभिन्न उपहार
काठमाडौं । होम एप्लायन्सेस ब्रान्ड माइडियाले दशैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।
‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ नारासहित ल्याइएको योजनामा माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा क्यासब्याक, सुनिश्चित उपहार र अन्य सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्म ग्यारेन्टेड क्यासब्याक पाउनेछन् । साथै, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप उपहार दिइनेछ ।
फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वाशिङ मेसिनमा ४ केजी, सेमी अटोमेटिक वाशिङ मेसिनमा २ केजी सर्फ एक्सेल तथा डिसवासर खरिदमा दुईवटा वाशिङ ट्याब्लेट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
योजनामा सहभागी ग्राहकले हरेक महिना हुने लक्की ड्रमार्फत माइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसरसमेत पाउनेछन् । लक्की ड्रमा सहभागी हुन उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ ।
यस्तै, ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा र छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टीको व्यवस्था गरिएको छ ।
माइडियाको यो उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू भएको हो । कम्पनीले दशैंको अवसरमा ग्राहकलाई आधुनिक प्रविधियुक्त घरायसी उपकरणसँगै थप सुविधा र उपहार उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री–वितरण गर्दै आएको छ । माइडियाका उत्पादन नेपालभरका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा कम्पनीको अनलाइन माध्यमबाट उपलब्ध रहेको जनाइएको छ ।
प्रकाशित समय : १७:३५ बजे


















