काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस सम्पर्कविहीनको आशंका

1.05K
shares

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ।

हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब एक दर्जन सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

थापाका अनुसार उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ गएको छ। हिमपहिरोबाट के कति क्षती भयो भन्ने एकिन जानकारी प्राप्त हुन भइसकेको छैन। हिमपहिरो खसेको दृश्यले धेरै ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ ।