काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चारदिने ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’ सम्पन्न

1.05K
shares

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरद्वारा आयोजित चारदिने ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’ सम्पन्न भएको छ।

स्ववियु सदस्य कुलबहादुर बुढा क्षेत्रीको संयोजकत्वमा सञ्चालित बुटक्याम्पले विद्यार्थीमा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता र व्यावहारिक व्यावसायिक सीप विकासमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न प्रशिक्षक तथा अतिथिले आफ्ना अनुभव र ज्ञान बाँड्दै ‘आइडिया पिचिङ’ सत्रमा सहभागीलाई मार्गदर्शन गरेका थिए।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपक राज जोशीले विश्वविद्यालय, उद्योग र सरकारबीचको ‘ट्रिपल हेलिक्स सहकार्य’हुनुपर्ने बताएका छन्। ‘विश्वविद्यालयले समाज र बजारलाई अध्ययन गर्नुपर्छ। बजारमा के आवश्यक छ, समाजका समस्या के हुन र उद्योगले कस्तो जनशक्ति तथा नवीन समाधान खोजिरहेको छ भन्ने पहिचान गरेर विश्वविद्यालयले आफ्ना अनुसन्धान, पाठ्यक्रम र विद्यार्थीका सिर्जनशील विचारलाई त्यससँग जोड्नुपर्छ,’जोशीले भने।

कार्यक्रममा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य आनन्दबहादुर चन्दले ‘सुदूरपश्चिम स्टार्टअप समिट २०८३’ आयोजना हुन गइरहेको जानकारी विद्यार्थीहरूलाई गराएका छन्।