गृहपृष्ठ होण्डाको चाडपर्व लक्षित ‘यो दशैं, आशाको शुरूआत’ सार्वजनिक

होण्डाको चाडपर्व लक्षित ‘यो दशैं, आशाको शुरूआत’ सार्वजनिक

होण्डाको चाडपर्व लक्षित ‘यो दशैं, आशाको शुरूआत’ सार्वजनिक

नेपालीहरूको महान चाड वडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप)ले आफ्ना ग्राहकहरूका लागि ‘यो दशैं, आशाको शुरूआत’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ।

चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

यस योजनाको सबैभन्दा विशेष र महत्त्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ अफरमार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरुले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्।

यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने होण्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

यसरी यस अफरले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान अवसर समेत प्रदान गरेको छ।

यसका साथै, ग्राहकहरूको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ । जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्।

यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन (Additional Scratch Coupon), वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ, वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु