काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारमा दुई उपप्रधानमन्त्री,रक्षामन्त्री पोखरेल बढुवा,फोरम अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री

17.2K
shares

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा दुई उपप्रधानमन्त्री नियुक्त गर्दै चौथोपटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका छन् ।
ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको पनि जिम्मेवारी थपेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटलाई मन्त्रीमा बढुवा गरे ।
फोरम सहभागी भएपछि सरकारका पक्षमा दुई तिहाइ पुगेको छ । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकल बहुमतको सरकार थियो ।
संघीय समाजवादी फोरमका तर्फबाट पार्टी अध्यक्ष यादवसहित मोहम्मद इस्तियाक राई पनि मन्त्रीमा थपिएका छन् । राईलाई सहरी विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त दुई र जिम्मेवारी हेरफेर भएका उपप्रधान तथा मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराइन् ।
प्रधानमन्त्री ओलीले यसअघि उपप्रधानमन्त्री नबनाउने बताए पनि उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन उक्त जिम्मेवारी थप गरेका हुन् भने पोखरेलको पनि बढुवा गरे । ओलीको भारत भ्रमणका बेला पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । तत्कालीन माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाले उपप्रधानको पनि जिम्मेवारी माग गर्दा उपप्रधानमन्त्री नै नराख्ने बताइएको थियो ।
सञ्चार तथा सूचना प्रविधमन्त्री बाँस्कोटा यसअघि पार्टी केन्द्रीय सदस्य नभएकाले राज्यमन्त्रीको मात्र जिम्मेवारी दिइएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बाँस्कोटा केन्द्रीय सदस्य नियुक्त भएसँगै मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै पोखरेल रक्षा, थापा गृह र मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा नियुक्त गरेका थिए ।
ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै २ चैतमा ११ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए । २ मन्त्री थपिएपछि मन्त्रिमण्डल २४ सदस्यीय बनेको छ ।