गृहपृष्ठ लालझाडीमा भेटियो युवतीको कंगाल, हत्या भएको आशंका

लालझाडीमा भेटियो युवतीको कंगाल, हत्या भएको आशंका

लालझाडीमा भेटियो युवतीको कंगाल, हत्या भएको आशंका

कञ्चनपुरको कृष्णपुर नगरपालिका लालझाडीको अम्खैया खोलानजिकै जङगलमा एक युवतीको कंगाल भेटिएको छ । उक्त कंगाल कृष्णपुर ८ शान्तिपुरकी कविता बिष्टको भएको उनका आफन्त लोकेन्द्र बिष्टले जानकारी दिए ।

करिब ६ दिन अघिदेखी उनी बेपत्ता थिईन् । आइतबार राति उनका आफन्त र प्रहरी टोलीले उक्त कंगाल फेला पारेका हुन् । कविता गेटाको सरस्वती माविमा अध्ययनरत विद्यार्थी हुन् । उनी अत्तरिया सामान किन्न आएको बेला कृष्णपुर वाणीका स्थानीय मदन गिरीले जबर्जस्ती बाइकमा लगेको परिवारको आरोप रहेको छ ।

मदन गिरीलाई प्रहरीले आइतबार राति नै झलारीबाट पक्राउ गरेको छ । मदनले नै उक्त कंगाल भएको ठाउँ देखाएको कविताका आफन्तले बताएका छन । कविताको बलत्कारपछि हत्या गरीएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । के कारणले हत्या गरिएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु